Light Nepal

विवेकशील साझा पार्टीले लगायो संयोजकको टुंगो

काठमाडौं, वैशाख ७ ।  विवेकशील साझा पार्टीले काठमाडौ जिल्लाको महानगर र नगरपालिकाहरुको संयोजकको टुंगो लगाएको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी पार्टीका तर्फबाट नगरपालिका र महानगर हेर्ने आधिकारीक संयोजकसहितका पदाधिकारीको चयन गरेको हो ।

पार्टीले काठमाडौ महागनरपालिकाको संयोजकमा धनिज थपा, कीर्तिपुरको संयोजकमा दिल कुमार, चन्द्रागिरीमा उत्तम खनाल, दक्षिणकालीमा सुदिक्षा रैला, नागार्जुनमा अनिता काफ्ले, तार्केश्वरमा अजित खड्का,गोकर्णमा महेश श्रेष्ठ,कागेश्वरीमा प्रल्हाद पोखरेल, शंखापुरमा सुरेन्द्र रञ्जित बुढानिलकण्ठमा मधुसुधन कार्कीलाई संयोजक तोकेको छ ।

पार्टीकी नेतृ अनुपा श्रेष्ठले काठमाडौंको संगठन विस्तार र भ्रष्टाचारविरुद्धको अभियानलाई देशब्यापी बनाइने बताइन ।

प्रतिक्रिया दिनुहोस्