Light Nepal

लोकदोहोरी गीत नसा-नसामा छ भन्दै आए गायक प्रेम अर्याल (भिडियोसहित)

काठमाडौं, वैशाख १४ । लोक तथा दोहोरी गायक प्रेम अर्यालको पानी परेर बजारमा आएको छ । अर्याल र मेनुका लामिछानेको आवाजमा रहेको उक्त गीतमा स्वयं गायक अर्यालकै शब्द, संगीत रहेको छ ।

गायक अर्यालले थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । गीत गायनसंगै लेखन र संगीतमापनि अब्बल मानिएका गायक अर्याललाई पछिल्लो समय अभिनयमा पनि देख्न सकिन्छ ।

रोधीघरमा गाउने र नाच्ने कलाकारको मोहलाई समेटेर तयार पारिएको उक्त गीतमा गीतलाई कलाकारले गर्ने माया र गीतकै पछि लागिपरेको भावलाई दर्शाईएको छ ।

गीत भनेपछि सबै कुरा बिर्सेर लागिपर्ने, लोकदोहोरी गीत नसानसामा रहेको यस्तै, यस्तै भावलाई गीतमा सुन्न सकिन्छ । अनिता बस्नेतको निर्देशन रहेको गीतमा स्वयं गायक अर्याल, गायिका लामिछाने, सागर विसी, आयुष केसी, सुवास पन्त, सुमन ढकाल, प्रितम पोखरेल, कमला बस्नेत, रिना राई र प्रमोद खड्काको अभिनय रहेको छ । अपेक्स डिजिटलको प्रस्तुतीमा रहेको गीतलाई टिका सानुको अफिसिएल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्