Light Nepal

एसीसी १६ क्रिकेट: उपाधिका लागि नेपालद्वारा मलेसियासामु १४१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, वैशाख १५ । थाइल्याण्डमा जारी एसीसी युथ–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई १४१ रनको चुनौती दिएको छ ।

निर्धारित ३५ ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

थाइल्यान्डको चियाङमेइमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै, दिपक बोहोराले २३, कप्तान विशाल बिक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियाका सचिनु हित्तेजले ३ तथा जिनेन्द्र मुरालेले २ विकेट लिए ।

हिजो भएको सेमिफाइनलमा हङकङलाई चार विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुरलाई ५७ रनले पराजित गर्दै मलेसियाले नेपालविरुद्धको उपाधि भिडन्त तय ग¥यो ।

जारी प्रतियोगितामा नेपाल र मलेसियाबीच यो दोस्रो खेल हो । समूह चरणमा नेपालले मलेसियालाई ३९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्