Light Nepal

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्कले लगानी गर्नुस: राष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको दाबी गर्दै आधा दर्जन उदाहरण पेश गरेर लगानी गर्न आग्रह गर्नुभएको छ । चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार ले आज बेइजिङमा गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘ढुक्क भएर नेपालमा लगानी गर्न तथा प्रविधि हस्तान्तरण गरी फाइदा लिन चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको हो ।

नेपालमा लगानीको वातावरण भएको पुष्टी गर्ने क्रममा राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराउनुभएको थियो ।

गत महिना काठमाडौंमा भएको लगानी सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले यसअघिको राजनीतिक अस्थिरताका अब नभएकोले वैदेशिक लगानी भित्रिन समस्या नरहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले लगानी गर्नका लागि अब नेपालमा इतिहासकै सबैभन्दा बलियो र स्थिर सरकार बनेको दाबी समेत गर्नुभयो ।

उहाँले देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची र दिशा भएको सरकार पनि अहिले नेपालमा बनेकाले लगानीको वातावरण बनेको प्रष्ट्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्