Light Nepal

पीएलमा आज पञ्जाव र हैदरावाद खेल्दै, दिल्ली ७ वर्षपछि प्ले अफमा

काठमाडौं, वैशाख १६ ।  १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज ९सोमबार० एक खेल हुँदैछ ।

सोमबार सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ । हैदरावाद र पन्जाबबीचको खेल बेलुका ८: १५ मा सुरु हुनेछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।

घरेलु टोली राजस्थानले ११ खेलबाट १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले पन्जाबलाई घरेलु मैदानमा पराजित गर्दै हैदरावाद प्ले अफको सम्भावना कायम गर्न चाहन्छ ।

यता, पन्जाब घरेलु टोलीलाई हराएर शीर्ष ४ को होड कायम राख्न चाहन्छ । छैटौं स्थानको पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्