Light Nepal

युएई एक्सचेञ्जको आकर्षक समर योजना सार्वजनिक | युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार

युएई, अप्रिल ३०- युएईको लिडिङ एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले आफना ग्राहकहरुलाई लक्ष्यित गरेर आकर्षक समर योजना सार्वजनिक गरेको छ ।युएईमा आकर्षक घर, ३ वटा कारहरु र दैनिक १० हजार दिराम पाउन सकिने गरी युएई एक्सचेञ्जले नयाँ समर क्याम्पेन योजना ल्याएको हो ।समर क्याम्पेन अप्रिल २४ मा शुरु भएर ७”जून सम्म रहने युएई एक्सचेञ्जले सुचित गरेको छ । यो ४५ दिनको अवधिमा धेरैभन्दा धेरै कारोबार गर्न युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।युएई एक्सचेञ्जले आफ्नो नयाँ योजना सार्बजनिक गर्दै लेखेको छ, “तपाईंका सपनाहरू साकार पार्नुहोस अब युएईकै लिडिङ रेमिट्यान्स कम्पनी युएई एक्सचेञ्जबाट ।”यो योजनामा भाग लिनको लागिनजिकैको युएई एक्सचेञ्जको कुनै पनि शाखाहरुबाट पैसा पठाउदा, विदेशी मुद्रा साटासाट गर्दा, धितोपत्र खरिद गर्दा पनि यस समर क्याम्पेनमा मेघा पुरस्कार स्वरुप दुबईमा घर जित्न सकिने युएई एक्सचेञ्जले बताएको छ ।साथै युएई एक्सचेञ्जबाट कुनै पनि बिल तिर्दा र क्रेडिट कार्डमा पैसा जम्मा  गर्दा पनि यो योजनामा स्वत: सहभागी बन्न सकिनेछ ।यो अति महत्त्वपूर्ण अवसर भएकोले युएईमा कार्यरत नेपालीहरुले बढीभन्दा बढी सहभागिता जनाउन सकिनेछ । यो योजनामा ५ हजार दिरामका दरले दैनिक २ जनाले क्यास पुरस्कार जित्न सकिने बताइएको छ । यो योजना सुरु भएको दोस्रो दिन प्रमिला गेलान नाम गरेकी नेपाली ग्राहकले ५ हजार दिराम क्यास पुरस्कार पाएको युएई एक्सचेञ्जले जनाएको छ ।हरेक समर र विन्टरमा आकर्षक पुरस्कार योजना सार्वजनिक गर्दै आएको युएई एक्सचेञ्जले नेपालीका महान चाडपर्व दशै-तिहार र नेपाली नयाँ वर्षमा पनि यस्तै पुरस्कार योजनालाई निरन्तरता दिइरहेको छ ।युएई एक्सचेञ्जबाट नेपालका लगभग सबै बैंकहरुको खातामा पैसा जम्मा गर्न र निकाल्न सकिने  आइएमई, प्रभु, सिटी एक्सप्रेस, पृथ्वी रेमिट, एक्स्प्रेस मनी, हिमाल रेमिट लगायत अधिक वित्तीय संस्थामा पैसा पठाउन सकिन्छ ।युएईको सबैभन्दा धेरै कारोबार गर्ने युएई एक्सचेञ्जले युएईका नेपालीहरुमा एक भरपर्दो र छिटोछरितो सेवा दिने एक्सचेञ्ज कम्पनीको रूपमा ख्याति कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्