Light Nepal

आईपीएल क्रिकेटमा सनराइजर्सको सहज जित

काठमाडौं, वैशाख १७ । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध सजिलै जित हात पारेको छ । आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो ।

२ सय १३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्रै बनायो । पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाउनुभयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गर्नुभयो ।

जितसँगै हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बढेको छ । १२ खेलबाट ६ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको हैदरावादको १२ अङ्कसहित लिग तालिकामा चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्