Light Nepal

कृशल कंडेल र मिनराज पौडेलको ‘बरिलै’ बजारमा (भिडियोसहित)

काठमाडौं, वैशाख २० । नेपाल आइडल सिजन २ मा उत्कृष्ट दशमा पर्न सफल कृशल कंडेल र मिनराज पौडेलको नयाँ गीत बरिलै बजारमा आएको छ । गीतमा कृशल र मिनराजको संयुक्त आवाज रहेको छ भने म्युजिक भिडियोमा कृशल, मिनराज र करिश्मा ढकालको अभिनय रहेको छ ।

नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेको छ । नेपाल आइडल सिजन २ मा उत्कृष्ट ८ सम्म पर्न सफल कृशलको बरिलै दोश्रो गीत हो ।

प्रतिक्रिया दिनुहोस्