Light Nepal

नेकपा संसदीय दलको बैठक बस्दै, निर्वाचन क्षेत्रको बजेट र योजनाका बारेमा छलफल हुने

काठमाडौ, बैशाख २१ । सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक बस्दैछ । बैठकमा सरकारले हिजो संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरुबीच छलफल हुने सांसद योगेश भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौंको बानेश्वरस्थित संसद भवन परिषरमा अहिले केहिबेरमा बैठक बस्नेछ । बैठकमा निर्वाचन क्षेत्रको बजेट र योजनाका बारेमा पनि सांसदहरुबीच छलफल हुने छ । नीति तथा कार्यक्रममा अस्पष्ट भएका विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सरकारले चार वर्ष्भित्र दोहोरो अंकको आर्थिक वृद्दि हासिल गर्ने महत्वाकांक्षी योजना सहितको नीति तथा कार्यक्रम हिजो संसदमा पेश गरेको थियो । प्रमुख प्रतिपक्षी दल कंग्रेसले भने सरकारका नीति तथा कार्यक्रमले देशबासीलाई झन् निराश बनाएको प्रतिक्रिया दिएको छ । पुरानै विषय दोहोर्याएर सरकारले कमजोरी लुकाउन खोजेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्