Light Nepal

श्रीमान बितेको घाउ निको नहुँदै १७ वर्षको छोरीको यस्तो अवस्था देखेर आमाको बिचल्ली, उपचारमा घरखेत सकियो भन्दै भक्किानिइन् (भिडियो हेर्नुस्)

काठमाडौं । १७ वर्षको मिरा श्रेष्ठको अवस्था अहिले कसैले सहयोग गरे मात्र बाँच्न सक्ने भएको छ । उनी बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि सहयोगको अपेक्षा गरेर बसेकी छन् । १७ वर्षको कलिलो उमेर, साथीभाइसंग रमाएर खानेखेल्ने बेलामा अस्पतालको शैयामा बस्नुपर्दा उनलाई कति पीडा भएको होला । कलिको छोरीको भविष्यको चिन्ता गर्नुपर्ने उनकी आमा अब छोरीको जिवन नै कसरी बचाउने हो भनेर चिन्तित छन् ।

मिराको पहिलाको तस्बिर हेर्नुस् कति सुन्दर । तर तीनवर्ष अघि कमला देविको संसार भताभुंग भयो । किनकी उनका श्रीमानले यो संसार छोडेर गए । श्रीमान बितेपछि कमलाको काँधमा दुई छोरी र एक छोराको जिम्मेवारी आयो । दुई छोरी र छोराको भविष्य बनाउन भन्दै उनी श्रीमान बितेको ५ महिनामै उनी विदेश लागिन् । घरमा बसेर परिवारको खर्च जुटाउन गाह्रो भएपछि उनी श्रीमान बितको घाउ ओभाउन नपाउँदै पाँच महिनामै विदेश जान बाध्य भएकी थिइन् । नेपालीमा एउटा उखान । नेपाल गए कपालसंगै बर्मा गए कर्मसंगै ।

कमलालाई त्यस्कै भयो । विदेश गएर पनि उनलाई शान्ती भएन । विदेश गएर कमाएर ल्याएर छोरीको भविष्य बनाउँला भन्दै विदेशीएकी कमलाको छोरीको अवस्था बिग्रिए पछि उनी घर फर्किइन् । पाँच महिना विदेशमा बसेर कमाएको पैसा छोरीको उपचारमा सकियो । त्यतीले मात्र पुगेन उनले आफ्नौ सबै सम्पत्ती बेचिन् । छोरी बचाउन भन्दै उनले सबैसंग गुहार मागिन् ।

छोरी मिरालाई क्यान्सर जस्तै रोग लागेको छ । छोरीको अवस्था पनि बाबु बितेपछि नै यस्तो समस्या आएको हो । अहिले मिरालाई सहनै नसक्नेगरी पेट दुख्छ । भमिट हुन्छ । गएको माघ महिना देखि उनलाई दिनहुं अस्पताल राख्नुपर्छ । माघ अघि उनलाई धरानको अस्पतालमा उपचार गर्दा तीन वर्ष सम्म त ठिकै थियो । बेलाबेलामा उपचार गराउन अस्पताल ल्याउने अनि घर लैजाने गर्थिन ।

तर अहिले माघ देखि छोरीलाई घर लैजान पाएकी छैनन् । धरानको गाउँमा बसेर छोरीको उपचारका लागि पैसा जुटाउन नसकेपछि उनले छोरीको उपचार पनि गर्ने र आफुले पनि काठमाडौंमा केही काम पनि गर्ने भनेर काठमाडौं आइन् । तर कमलाले एक महिना काम गरेपछि अब काममा जाने अवस्था पनि छैन । छोरीलाई एकछिन पनि छोड्न मिल्दैन । त्यसैले अस्पतालमै छोरीलाई कुरेर बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्