Light Nepal

चकचके भन्दै विद्यार्थीलाई स्कूलवाटै निकालियो

काठमाडौं । विद्यालयमा चकचक गर्ने विद्यार्थीलाई विद्यालयले निकाल्ने गरेको छ । यस्ता थुप्रै उदाहरण देखिएका छन् । विद्यालयमा चकचक गरेको भन्दै भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट निकालिएको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको भन्दै विद्यालयमा राख्न मानेन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले गुरप’ मा भर्ना भएका थिए। यस वर्ष भने विद्यालयले पढाउन मानेन । विचैमा विद्यालयले निकालिदिएपछि अहिले परिवार समस्यामा छन्। बाबुले अर्कै श्रीमति लिएर गएपछि एक्लिएकी आमाले अब छोरालाई कहाँ पढाउने भनेर समस्यामा परेकी छन् । तामाङको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलाकै जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन्।

तामाङको पढाइ खर्च पनि श्रेष्ठले नै बेहोरिरहेका छन्। श्रेष्ठले भने, ‘प्ले ग्रुपमा मासिक १८ सय रुपैयाँ तिरेर गत वर्षदेखि पढाइरहेको छु। तर पढाइमा राम्रो हुँदाहुँदै स्कुलले चकचक गरेको आरोपमा पढाउन सक्दिनँ भनेपछि म चकित भएँ।’

निजी विद्यालय सञ्चालकले विद्यार्थीलाई स्तरीय शिक्षा दिएको दाबी गरेका छन्। तर नर्सरीमा पढेको अबोध बालकलाई अनुशासनमा राख्न नसकेको भन्ने आरोपलाई अभिभावकले मानवताविरोधी भनेका छन्। बालबालिकाको दोस्रो घर मानिने विद्यालयले नै विद्यार्थीलाई पढाउन सक्दिनँ भनेर विष्कासन गरेपछि भविष्य खोज्दै अब कहाँ जाने ?

अन्नपुर्णपोष्टले लेखेको छ, तामाङ निष्कासित भएपछि प्रदेश ३ का सांसद राजेन्द्र गुरुङ, अभिभावक महासंघलगायत टोलीले विद्यालयलाई भेटेर पढाइको व्यवस्था गरिदिन अनुरोध गरेका थिए। ‘तर बालकलाई पढाउने नै हो भने अभिभावकका तर्फबाट स्कुलमा छुट्टै शिक्षक राख्नुपर्ने सर्त विद्यालयले राख्यो ।

विद्यालयका प्राचार्य ज्ञानेन्द्र भट्टराईले भने तामाङलाई कक्षाभित्र राख्नै नसक्ने अवस्था आएपछि अभिभावकको जिम्मा लगाइएको बताए। ‘ भदौमा पारित भएको अनिवार्य तथा निस्शुल्क शिक्षासम्बन्धी ऐनको दफा १० मा विद्यालयमा भर्ना भई आधारभूत तहको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्कासन गर्न नपाइने उल्लेख छ। विद्यालय भर्ना भएको बालबालिकाले अनुशासनहीन काम गरेको वा खराब आचरण भएको कारणले निजलाई आधारभूत शिक्षा प्राप्त गर्न वा परीक्षा दिन रोक लगाउन नपाइने उक्त दफाको उपदफा २ मा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्